गैंडाको खाग सहित बाँकेमा दुई जना पक्राउ

नेपालगञ्ज । बाँकेमा गैंडाको खाग सहित दुई जना पक्राउ परेका छन । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रबाट २ देखि ३ करोड मुल्य बराबरका २ थान गैडाको खागसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार पक्राउ पर्नेमा नवलपरासी (पुर्ब) बुलिङटार गाँउपालिका वडा नं.२ का ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्याङलेख गाँउपालिका वडा नं.५ का ३४ वर्षीय सुरेश सिंजाली रहेका छन ।

त्रिभुज आकारको २ थान गैडाको खाग बोकेर हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई कोहलपुर नगरपालिका ११ दशविगाह क्षेत्रबाट नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय नेपालगन्ज पठाईएको छ ।

Previous articleबाँके पूर्ण खोप जिल्ला घोषणा
Next articleनयाँ साउदी पहिलेकाे तुलनामा धेरै परिवर्तन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here