
अरशद शेष राई, साउदी अरेबिया ।
साउदी अरेबिया हाल ठूलो ऐतिहासिक परिवर्तनबाट गुज्रिरहेको छ । साउदी अरेबियामा दिन प्रतिदिन नयाँ – नयाँ कानूनहरू लागू हुँदैछन् । नयाँ साउदी पहिलेको साउदीको तुलनामा धेरै नै परिवर्तन भएको छ ।
जब देखि साउदी अरेबियाको बादशाह राजा सलमान बिन अब्दुलअजीजको हातमा आएको छ तब देखि दिनप्रती दिन नयाँ नयाँ परिवर्तनहरू आएका छन । किनकि सरकारका सबै कामकाजहरू साउदी अरेबियाका राजा सलमानको छोरा मोहम्मद बिन सलमानले हेर्दै आएका हुन ।
साउदी युवराज बिन सलमान नयाँ पुस्ताका भएका कारण साउदी अरेबियामा ठुला-ठुला परिवर्तनहरू गर्दौ ऐतिहासिक निर्णयहरू लिइरहेका छन् । मोहम्मद बिन सलमानको निर्णयसँग केही व्यक्तिहरू धेरै खुसी भएका छन् भने केही ब्यक्तिहरूलाई यो निर्णय मनपर्दैन, तर अवस्था जेसुकै होस् अहिलेको साउदी अरेबिया पहेलाको साउदी अरेबिया रहेनछ ।
साउदी अरेबियामा केही दिनअघि लागू भएको नयाँ कानून, काफिल र कफाला प्रणालीको कानून आइतवारदेखि समाप्त भएको छ जस अन्तर्गत एउटा नयाँ कानून लागू गरिएको छ जसमा भनिएको छ कि यदि कुनै ब्यक्तिले आफ्नो खुरूज लगाइ हाल्छ तर उसको करार बाँकी छ अर्थात कुनै ब्यक्तिले आफ्नो खुरूज लगाइ सकेछ तर उसको सम्झौता समाप्त भएको छैन भने त्यो ब्यक्ति फेरी कहिले पनि साउदी अरेबिया आउन सक्दैन ।
सबैलाई जानकारी भएकै कुरा हो हाल साउदी अरेबियामा काफिल र कफाला प्रणालीको अन्त्य भएको छ जस कारण मानिसहरूलाई त्यहाँ अब कफिलको आवश्यकता पर्दैन, अर्थात् त्यहाँ केहि कामहरू छन् भने अब कफिलको आवश्यकता पर्दैन, जस्तो कि कोही पनि बिदामा आउनु परेको भए तपाई जब चाहनुहुन्छ आफ्नै छुट्टीमा आउन सक्नुहुन्छ । यदि कसैले रिजाइन लिन चाहन्छ भने त्यो आफैंले रिजाइन आवेदन दिन सक्छ र उसले कफिलको अनुमति लिनु पर्दैन, त्यस्तै यदि कसैले कम्पनी बदल्न चाहेमा उसले कम्पनी पनि बदल्न सक्दछ तर यसमा केही नियम र सर्तहरू पनि छन् ।
यदि तपाईको सम्झौता बमोजिम छ र तपाईले खुरूजलाई अनुबन्ध पूरा गर्नु अघि लागू गर्नुभयो भने तपाईलाई फेरि साउदी अरेबिया प्रवेश गर्न दिइने छैन तर यदि तपाई अनुबन्ध भित्र काम गर्दै हुनुहुन्छ भने, उदाहरणको लागि तपाईंसँग एक बर्षको अनुबन्ध छ र यदि तपाईं आफ्नो खुरूज लगाई लिनुहुन्छ भने, त्यसोभए तपाईं साउदी अरेबियामा फेरि प्रवेश गर्न पाउनुहुने छैन !
हो, सम्झौता समाप्त भएपछि तपाईले आफ्नो खुरूज खोल्न सक्नुहुन्छ जब तपाई चाहनुहुन्छ तर तपाई आफ्नो खुरूजलाई करारमा राख्न सक्नुहुन्न वा अन्यथा तपाई सदाका लागि साउदी अरेबियामा प्रतिबन्धित हुनुहुनेछ ।





