एक किलाे चरेससहित काेहलपुरबाट ३ जना पक्राउ

काेहलपुर । बाँकेको कोहलपुरबाट ठुलो परिमाणमा लागु औषध चरेश सहित ३ जना पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. २ का विश्व परियार, राप्तिसोनारी गाँउपालिका ३ का आनन्द खड्का र सोहि ठाँउका कैलाश शाही रहेका छन ।

उनीहरुको साथबाट बा ६ च ७५७१ नम्बरको टाटा कम्पनीको एउटा हाइलेक्स गाडी समेत बरामद गरिएको खनालले जानकारी दिनुभयाे ।

पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

Previous articleएन्फा प्रेसिडेन्ट लिगमा त्रिवेणीको दोस्रो जित
Next articleजानकीमा १३ औं राष्ट्रपती रनिङशिल्ड सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here