बाँकेमा पाटे बाघको छालासहित ४ जना पक्राउ

नेपालगञ्ज । बाँकेमा पाटे बाघको छालासहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार जिल्लाको बैजनाथ गाउँपालिका वडा नं १ स्थित च्यामा भन्ने स्थानबाट पाटे बाघको छालासहित उनीहरुलाई पक्राउ गरेको छ ।

अबैध बाघको छाला, हड्डीको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा आइत्बार साँभ ६ बजेको समयमा खटिएको प्रहरी टोली उक्त स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

चिसापानी तर्फबाट कोहलपुर पैदल आउदै गरेका गंग बहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपालीलाई रोकी तलासी लिँदा जयलाल नेपालीले बोकेको झोलामा पाटेबाघको छाला १ र गंग बहादुर खत्रीले लिएको प्लाष्टिकको बोरा भित्र बाघको जस्तो देखिने हड्डी २ के.जि.५०० ग्राम फेला परेको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि तथा आवश्यक कारबाहीको लागि बाँके राष्ट्रिय निकुन्ज कार्यालयलाई बुझाईको छ ।

Previous articleनरैनापुर ६ मा बाल विवाह बिरुद्ध सडक नाटक प्रदर्शन
Next articleगिरीको अध्यक्षतामा कर्णाली फिजियोथेरापी संघ गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here