
नेपालगञ्ज । भ्रष्टाचार बिरुद्ध अभियान चितवन र भरतपुर महानगरपालिकाको संयुक्त टोलीले बास केन्द्रीय कार्यालयको अवलोकन तथा भेटघाट गरेको छ । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्थाहरुले गरिरहेका राम्रा अभ्यासहरुको बारेमा अध्ययन तथा अवलोकन गर्न आएको सो टोलीले बाँके स्थित बास केन्द्रीय कार्यालयमा पदाधिकारी र कर्मचारीसँग भेटघाट गरेको हो ।
भेटघाटको क्रममा बासको पृष्ठभुमि, बासको देश ब्यापी संजालीकरण, संरचना, बासले भ्रष्टाचार बिरुद्ध गरिरहेको अभियान तथा कार्यक्रमको बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराउनुभयो भने छलफलको क्रममा बासले सञ्चालन गरिरहेका क्रियाकलापहरुको बारेमा बासका केन्द्रीय महासचिब शिब कुमार बर्मा र कार्यवाहक कोषाध्यक्ष दिला शाहले जानकारी गराउनुभएको थियो ।
बासले गरेका क्रियाकलापहरुको बारेमा जानकारी लिए पश्चात बोल्दै टोलीका संयोजक तथा भ्रष्टाचार बिरुद्धको अभियान चितवनका उपाध्यक्ष डा.इश्वरीराज लौडारीले बासले भ्रष्टाचार बिरुद्ध गरिरहेको कामहरु प्रशंसायोग्य रहेको बताउनुभयो ।
उहाँले चितवनमा भ्रष्टाचार बिरुद्धको अभियान संस्थाले गरिरहेको भएपनि बासले गरिरहेका नौला कार्यक्रमहरुलाई सिकाईको रुपमा लिएको बताउनुभयो । छलफलमा बोल्दै भ्रष्टाचार बिरुद्ध अभियानका सदस्य शर्मिला पण्डीतले बासले गरिरहेको धेरै कार्यक्रमहरु अनुसरण योग्य रहेको बताउनुभयो । अवलोकन तथा घेटघाट टोलीमा भरतपुर महानगरपालिका र भ्रष्टाचार बिरुद्ध अभियान चितवनका गरी १० जनाको सहभागिता रहेको थियो ।
टोलीले दाङ, नेपालगञ्ज, भैरहवास्थित गैससहरुले भ्रष्टाचार बिरुद्ध गरिरहेका अभियानका बारेमा अध्ययन गर्न टोली नेपालगञ्ज आइपुगेको हो । टोलीमा संस्थाका उपाध्यक्ष डा. इश्वरी राज लौडारी, सचिव निलकण्ठ ढुँगाना, कोषाध्यक्ष रविभद्र शर्मा खनाल, सल्लाहकार शालिग्राम पौडेल, सदस्य भरत प्रसाद दवाडी, बाबुहरि आचार्य, जनक प्रसाद अधिकारी, भ्रष्टाचार बिरुद्ध अभियन्ता शर्मिला पण्डित, रिता कँडेल लगायत रहनुभएको छ ।





