
नेपालगञ्ज । छिमेकी देश भारतमा कोरोनाको जोखिम बढिरहेकाले बाँकेमा उच्च सतर्कता अपनाईएको छ । पछिल्लो समय भारतमा लगातार कोरोना संक्रमितको संख्या पुन : बढन थालेपछि बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उच्च सर्तकता अपाउने निर्णय गरेको हो ।
बैठकबाटै कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठ वटै स्थानीय तहलाई क्वारेन्टाइन निर्माण लगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन समेत दिएको छ ।
बैठकले जमुनाहास्थित सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा गर्न तथा नेपालगञ्ज उपमहानगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य परिक्षणको काम नियमित संचालन गर्न जोड दिएको छ
दैनिक रुपमा भारत जाने र आउने कार्य भइरहेकाले यहाँ कोरोनाको जोखिम बढ्न सक्ने भन्दै बाँकेमा पनि सर्तकता अपनाउन बुधबार जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेको हो ।
केन्द्रको बैठकले केन्द्रीय परिपत्र अनुसार नाकामा कडाई गर्ने, आम नागरिकलाई भिडभाड नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र सुरक्षित रहन आग्रह गरेको छ ।
बैठकले भारतबाट आएका नागरिकलाई जेक जाँच गरि १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने, भेरी अस्पताल लगायता स्वास्थ्य संस्थामा रहेका आइसोलेशनलाई प्रभावकारी बनाउने लगायतका ७ बुदे निर्णय समेत गरेको बाँकेका कोरोना फोलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
बैठकबाट गरिएका निर्णयहरु :






