
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुले संचालन गरिएको राम्रो अभ्यासहरुबारे समिक्षा गरिएको छ । बिद्यालयहरुले आफैले बिद्यालयलाई नमूना बनाउन संचालन गरेका सकारात्मक अभ्यासहरु आदान प्रदान गर्दै बिहीबार समिक्षा गरिएको हो ।
नेपालगञ्जमा रहेका बिद्यालयहरुले बिहीबार एकैपटक आआफ्नो बिद्यालयमा लागु गरेका क्रियाकलापहरु बारे जानकारी गराउँदै उक्त कृयाकलापहरुलाई अझ प्रभावकारी तथा दिगो बनाउन अपनाउन सकिने उपायहरुका बारेमा एक आपसमा बुझाई र सुझाव सल्लाह लिएका छन् ।
सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक बिकास मञ्च (एसडिएफ) बाँकेले संचालन गरेको युवा सशक्तिकरण बुलगारी परियोजनामा समेटिएका नेपालगञ्जका बिद्यालयहरुले बिद्यालयको शैक्षिक सुदृढिकरणका लागि स्थानीय निकाय, बिद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुबीच समिक्षा गरिएको मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।
समिक्षामा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका शिक्षा प्रमुख गोर्ख बहादुर थापाले बिद्यालयहरुमा भएका नकारात्मक कुराहरुको निराकरण गर्दै सकारात्मक कुरालाई कसरी अगाडी बढाउन सकिने कुरामा जोड अनुरोध गर्नुभयो । बिद्यालयलाई बाहिर रहेका सदैव संघ संस्थाको सहयोग हुन नसक्ने भन्दै संचालन गरिएको राम्रा अभ्यासहरुको दिगोपनाका लागि आफै सक्रिय भइ समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
यो समिक्षाबाट खासगरी बिद्यालयमा भएका राम्रा कामहरुको आदान प्रदान गरिएको हो । कार्यक्रम संयोजक श्रेष्ठले भन्नुभयो, यसले बिद्यालय बिद्यालयबीच समन्वयकारी तथा भइरहेका राम्रा कामहरुबाट थप प्रभभावकारी बनाउन सहयोग पुग्छ ।
समिक्षामा नेपालगञ्जका बिद्यालयहरुले नमूना बन्नका लागि आफै सक्रिय रहेको देखिएको छ । उनीहरुले बिद्यालयमा सहायता कोष, छुट्टै कक्षा शिक्षण, बिद्यार्थीहरुलाई प्रोत्साहित गर्ने कुराहरु नियमित गरिरहेका छन् । यो कार्यले बिद्यार्थीहरुलाई सक्रिय बनाउन सहयोग पुरयाएको प्रधानाध्यापकहरुले बताउका छन् ।
समिक्षामा बिद्यालय निरिक्षक भिम बहादुर बुढा, लोकेन्द्र बहादुर शाही, सेफ द चिल्ड्रेनका परियोजना संयोजक फुल कुमारी चौधरी, मञ्चका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, शिक्षा अधिकृत बृजेश ठाकुर र जीविकोपार्जन अधिकृत सहजराम यादवको उपस्थिति रहेको थियो । कार्यक्रममा धम्बोझी, सरस्वती, मंगल प्रसाद, महेन्द्र नमूना, नारायण, फुल्टेक्रा र युद्ध माध्यमिक बिद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो ।





