बनकटी माबिबाट डुडुवामा दिवा खाजा कार्यक्रम शुरु

बनकटी । बाँकेको डुडुवा गाउँपालिका वडा नं.३ स्थित माध्यमिक बिद्यालय बनकटीले दिवा खाजा कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमध्ये पहिलो बिद्यालयका रुपमा बनकटीले बुधबारबाट दिवा खाजा कार्यक्रम शुरु गरेको हो ।

खाजा कार्यक्रमको उद्घाटन शत्रमा डुडुवा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भण्डारीलाल यादव, शिक्षा समन्वय इकाईका प्रमुख रामशुरेस यादव र गाउँपालिका शिक्षा शाखा प्रमुख संजय कुमार कर्णको सहभागिता रहेको थियो ।

गाउँपालिकाका अन्य बिद्यालयले अझै दिवा खाजा कार्यक्रम शुरु गर्न सकेका छैन । शिशु देखि ५ कक्षासम्मका बिद्यार्थीहरुलाई लक्षित दिवा खाज कार्यक्रम शुरु गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख कर्णले जानकारी दिनुभयो ।अहिलेलाई माबि बनकटीमा यो कार्यक्रम शुरु भएको छ, कर्णले भन्नुभयो, केही दिनपछि गाउँपालिकाभित्रका अन्य बिद्यालयमा समेत यो कार्यक्रम शुरु गछौं । नेपाल सरकारको ससर्त अनुदानमा आएको कार्यक्रम भएको र यसमा बाल विकास देखि ५ कक्षासम्मका बालबालिकाले दिवा खाजा प्राप्त गर्ने भएको जानकारी दिनुभयो ।

प्रत्येक बिद्यार्थीलाई रु १५ रुपैया बराबरको पौष्टिक आहार खुवाउन सकिने तर चाउचाउ, मःम जस्ता कुरा खुवाउन नपाईने प्रमुख कर्णले बताउनुभयो । तोकिएको सिमाभित्रको खाजा खुवाएको नपाइए त्यस्ता बिद्यालयका प्रअलाई कानून बमोजिम कारवाही गरिने उहाँले बताउनुभयो ।एक महिनाभित्र प्रत्येक बिद्यालयमा खाजा शुरु गर्ने उहाँले बताउनुभयो । बालबालिकालाई भोकले बिद्यालय छाड्ने, पढन नआउने, काम गर्न जाने र बालबालिकाहरुको शारीरीक र मानसिक बृद्धि हुने हेतुले यो कार्यक्रम संचालनको मुख्य उद्देश्य रहेको छ ।

बनकटी माबिमा शिशु कक्षादेखि ५ कक्षासम्म ६ सय ५४ जना बिद्यालर्थीहरु रहेका छन् । रकम निकासा नभएपनि शिक्षक कर्मचारीको सहयोगमा दैनिक तालिका बनाएर कार्यक्रम शुरु गरिएको बिद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खनालले जानकारी दिनुभयो । दैनिक तालिकामा हलुवा, चना भुजा, चना चिउरा जस्ता पौष्टिक खानेकुरा खुवाउने राखिएको छ ।

खाजा कार्यक्रमले बिद्यालयमा बिद्यार्थीको उपस्थिति बढ्ने प्रधानाध्यपाक खनालको भनाई छ । खाजा कार्यक्रमको उद्घाटन कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश बर्मा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Previous articleशैक्षिक सुदृढिकरणका लागि राम्रा अभ्यासहरुको छलफल
Next articleनेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here