कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनुभयाे ।

‘शुक्रबार विहानदेखि उहाँको मुटुको चाल चल्दै बन्द हुँदै गरिरहेको थियो, समस्या समाधानका लागि चिकित्सकको टोली प्रयासरत थिए’ उहाँले भन्नुभयाे ‘ तर असम्भव भयो ।’

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उहाँलाई नर्भिकमा रेफर गरेको थियो ।

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुनुहुन्थ्याे । अनलाइनखबर

Previous articleस्टार सिटी एक खेल अगावै च्याम्पियन, मनकामना र सैनिक युथको जित
Next articleबाँके : थप एउटा वडा बाल विवाह मुक्त घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here