बाँके : थप एउटा वडा बाल विवाह मुक्त घोषणा

चिसापानी । जिल्लाको थप एउटा वडा बाल विवाहमुक्त वडा घोषणा भएको छ । शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका वडा नं–१ बालविवाह मुक्त वडा घोषणा भएको हो ।

बैजनाथ जिल्लामा बालविवाह मुक्त वडा घोषणा गर्ने दोस्रो पालिका भएको छ । कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल र उपाध्यक्ष शारदा रेग्मी (विश्वकर्मा) ले ८ वटै वटालाई बालविवाह मुक्त वडा घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । वडा नं.१ का अध्यक्ष रुपबहादुर मल्लले आफ्नो वडालाई बाल विवाह मुक्त वडा घोषणा गर्नुभएको थियो ।

पालिकालाई बाल विवाह घोषणा गर्नका लागि प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गर्दै आएको छ।

घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विश्वकर्मा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, एकता किशोरी क्लबकी अध्यक्ष अनु रावत लगायत राजनीतिक दलका प्रतिनिधिहरुले बालविवाह मुक्त वडा घोषणा गरेकोमा वडालाई बधाइ दिनुभएको थियो ।

सर्वेक्षण गर्दा बैजनाथ–१ मा १४.४५ प्रतिशत मात्र बाल विवाह हुने गरेको तथ्याङ्क छ । पालिकाको बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका–२०७७ ले पालिकामा भएको कूल विवाह मध्ये २० प्रतिशत भन्दा कम बाल विवाह भएपछि बाल विवाह मुक्त वडा घोषणा गर्न सकिने व्यवस्था छ ।

यस्तै बाल विवाह मुक्त वडा घोषणा गर्ने वडा नंं.१ कार्यालय, साझेदार संस्था प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाँके, इलाका प्रहरी कार्यालय चिसापानी, एकता किशोरी क्लब र स्याकको बैजनाथ फिल्ड सुपरभाइजर बबिता सिंहलाई सम्मान गरिएको छ ।

यसअघि बाँकेको खजुरा गाउँपालिका वडा नं ३ लाई जिल्लाकै पहिलो बाल विवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।

Previous articleकांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
Next articleधम्बोझी प्रेसिडेन्ट लिगको शिर्ष २ मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here