नेपालगन्जमा डेढ लाख बढिलाई हात्तीपाइले विरुद्धको औषधी खुवाइने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा १ लाख ६६ हजार जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।

हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम चैत २० गतेदेखि सुरु भई चैत मसान्तसम्म संचालन हुने उपमहानगरपालिकाले जनाएको छ। कम औषधि सेवन भएका स्थानहरुमा जनप्रतिनिधि, धर्मगुरु, स्वास्थ्यकर्मी लगायतको सहभागितामा अभियान नै चलाइने बताइएको छ । नेपालगन्जमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन दर निकै कम छ ।

स्वास्थ्य शाखाका हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन विनोद कुमार विकले उपमहानगरपालिकामा १ लाख ७७ हजार ९ सय ३८ जनसंख्या रहेकोमा २ वर्ष मुनिका ६ हजार ७ सय ८ जना र अनुमानित गर्भवती ४ हजार ३ सय ४४ जना बाहेक १ लाख ६६ हजार ८ सय ८६ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको बताउनुभयो । त्यसका लागि १ सय ११ जना स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।

गर्भवती, सुत्केरी र सिकिस्त विरामी बाहेक २ वर्ष माथिका सबैलाई औषधि खुवाउने लक्ष्य छ । बाँकेसहित १२ जिल्लामा आम औषधि सेवन कार्यक्रम संचालन हुँदैछ । बाँकेमा २०६७ सालदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो ।

Previous articleधम्बोझी प्रेसिडेन्ट लिगको शिर्ष २ मा
Next articleकर्मचारीका पिरमर्का छिट्टै सम्बोधन हुने : अध्यक्ष पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here