कर्मचारीका पिरमर्का छिट्टै सम्बोधन हुने : अध्यक्ष पोखरेल

नेपालगञ्ज । नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले कर्मचारीहरुको पिरमर्का छिट्टै सम्बोधन हुने बताउनुभएको छ ।

शुक्रबार नेपालगञ्जमा कर्मचारी युनियन संघको भेटघाट तथा अन्तरत्रिया कार्यक्रममा अध्यक्ष पोखरेलले कर्मचारीको गुनासाहरुलाई सम्बोधन गर्न संघले पहल गरिरहेको बताउनुभयो ।

‘नेपाली कांग्रेसको सरकारमा कर्मचारीहरुको पिरमर्का सम्बोधन हुन्छ ।’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘त्यसका लागि संघीय निजामति कर्मचारी युनियनले पहल गर्नेछ ।’ उहाँले नेपाली कांग्रेसको सरकार बन्नेबित्तकै सबै कर्मचारीलाई सहजता आउने बताउनुभयो ।

अन्तरक्रियामा उपाध्यक्ष उत्तम कटुवाल, सचिव यज्ञ वली, नेपाली कांग्रेस बाँकेका सदस्य शुधान्सु कोईराला लगायतले नेपाली कांग्रेसलाई एक ढिक्का भइ मजबुत बनाईराख्न अनुरोध गर्नुभयो ।

नेपाली कांग्रेसको इतिहासको गौरभलाई जोगाइ राख्न सबैको सक्रियता आवश्यक रहेको वक्ताहरुको जोड थियो । अन्तरक्रिया कार्यक्रममा कोहलपुर उपमहानगरपालिका उपमेयर सञ्जु चौधरी, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनिकुमारी खत्री नेपाली कांग्रेस क्षेत्र नं १ बाँकेका सभापति माधवराम खत्रीको उपस्थिति रहेको थियो ।

नेपाल निजामति कर्मचारी युनियन संघ बाँकेका कार्यवाहक अध्यक्ष उद्धव श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा डुडुवा गाउँपलिका ट्रेड युनियका अध्यक्ष राजेश शेनले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।

Previous articleनेपालगन्जमा डेढ लाख बढिलाई हात्तीपाइले विरुद्धको औषधी खुवाइने
Next articleचिनियाँ अनुदानको आठ लाख डोज खोप सोमबार आउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here