पत्रकार महासंघ बाँकेमा तालाबन्दी

नेपालगञ्ज । पत्रकार महासंघ बाँकेमा रहेको सदस्यता विबादलाई सम्बोधन नगरी नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले विबाद समाधान नगरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको भन्दै शाखामा प्रेस चौतारी बाँकेले तालबन्दी गरेको छ ।

प्रेस चौतारी बाँके अध्यक्ष हेमन्त बिकको नेतृत्वमा महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, लुम्बिनी प्रदेश सह ईन्चार्ज तथा महासंघका पूर्व अध्यक्ष रुद्र सुवेदी, अग्रज पत्रकारहरु शिव डोटेल, जे पाण्डे लगायतका पत्रकारहरुले तालाबन्दी गर्नुभएको हो ।

महासंघ बाँकेले निर्णय गरी पठाएको नयाँ सदस्यता केन्द्रबाट नआउँदासम्म निर्वाचनको सम्पूर्ण कार्यक्रम अगाडी बढ्न नदिने चेतावनीका साथ चौतारीले तालाबन्दी गरेको हो । चौतारीका अनुसार महासंघले पठाएका सदस्यहरुको सूचीमा क्रियाशिल पत्रकारको नाम समेत छुटाएको छ । चौतारीले महासंघ केन्द्रले सदस्यता विवादमा गरेको सो कार्यप्रति पूर्ण विमती जनाउदै घोर आपत्ती व्यक्त गरेको छ ।

उक्त कार्यले पत्रकार महासंघ जिल्ला शाखा र प्रदेशको महत्व मर्यादा, सम्मान र यसको सर्वस्वीकार्य प्रति प्रश्न उठेको छ ।

नयाँ सदस्यता वितरणको प्रक्रिया लत्याएर विधि, विधान र प्रक्रिया विपरित केन्द्रबाट नाम परिवर्तन गर्ने कार्य हामीलाई कदापी स्वीकार्य हुन नहुने चौतारीले जनाएको छ । प्रक्रिया विपरित नयाँ सदस्य थप गरिएको र अन्यत्रबाट सरुवा गरिएको घटनाले तत्काल नसच्याउँदा सम्म बाँके शाखाले निर्वाचन प्रकृया अगाडी नबढाउन जोडदार माग गरिएको छ ।

Previous articleचिनियाँ अनुदानको आठ लाख डोज खोप सोमबार आउँदै
Next articleअनलाइन पत्रकार संघको दोस्रो बैठक : रक्तदान गर्ने निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here