अनलाइन पत्रकार संघको दोस्रो बैठक : रक्तदान गर्ने निर्णय

नेपालगन्ज । अनलाइन पत्रकार संघ बाँकेको दोस्रो नियमित बैठक बसेको छ । संघका अध्यक्ष कमल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको अबस्थामा हुने रगत अभावलाई ध्यानमा राखेर बैशाख पहिलो साता नयाँ बर्षको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने लगायतका चार वटा महत्वपूर्ण निर्णय गरेको छ ।

रक्तदान कार्यक्रमका लागि संघका उपाध्यक्ष जावेद अन्सारीको संयोजकत्वमा भिष्म लोध र प्रेणा गिरी सदस्य रहेको तीन सदस्यीय रक्तदान कार्यक्रम उपसमिति गठन समेत गरेको छ ।

बाँके शाखालाई अनलाइन पत्रकार संघ नेपालको केन्द्रीय कमिटीले देशभरकै पहिलो जिल्ला शाखाका रूपमा अनुमोदन गरी मान्यता प्रदान गरेकोले बैठकले संघको केन्द्रीय समितिलाई धनयवाद समेत दिएको छ । बैठकले बाँकेमा सन्चालन भैरहेका अनलाइनहरूलाई संघको सदस्यमा आबद्ध हुन आग्रह गर्ने र यसका लागि सामाजिक सन्जाल मार्फत सूचना सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

अनलाइन संघमा आबद्ध गर्ने र अनलाइन पत्रकारिताको विकासका लागि संघले रक्तदान अघि बस्ने बैठकले तालिम सन्चालनका बिषयमा निर्णय गर्ने भएको छ । बैठकले यहि २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाइन पत्रकार संघ बाँकेका रहेका पदाधिकारी सदस्यले उम्मेदवारी दिए उसलाई सहयोग गर्ने सहमति पनि गरेको छ ।

अनलाइन पत्रकार संघले दोस्रो पूर्ण बैठकपछि सहभागी संघका पदाधिकारी कार्य समिति सदस्य र आम सन्चारकर्मीका बिच होली मनाएको छ । नेपालगन्जको रामलिला मैदानमा मनाइएको होलि कार्यक्रममा यहाँका दर्जन बढी सन्चारकर्मीसँगै दलका नेता, नागरिक समाजका प्रतिनिधी लगायतको सहभागिता रहेको संघका सचिव रामु ओली बताउनुभयो ।

Previous articleपत्रकार महासंघ बाँकेमा तालाबन्दी
Next articleस्टार सिटी बन्यो एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here