तराईमा होली मनाइदै, बाँकेमा बिहानैदेखि शुरु (तस्बिरहरु)

नेपालगञ्ज । रङै रंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै सोमबार तराईमा मनाईदैछ । सोमबार बिहानैदेखि तराईमा होली खेल्न शुरु भइसकेको छ ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । पहाडी क्षेत्रमा हिजो मनाइएको होली तराईमा भने आज (सोमबार) मनाइदैछ ।

बाँकेमा बिहानैदेखि ठाउँ ठाउँमा समूहमा होली मनाउन शुरु भएको केही तस्बिरहरु

Previous articleसाउदीमा कोभिड-१९ संक्रमण बढ्दो, ४ मिलियन भन्दा बढीलाई दियो खोप
Next articleबाँकेमा कर्मचारीहरुले मनाए सामुहिक रूपमा होलि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here