साउदीमा कोभिड-१९ संक्रमण बढ्दो, ४ मिलियन भन्दा बढीलाई दियो खोप

अरशद शेष राई, साउदी अरेबिया ।

बिश्वभरी कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा साउदी अरेबियामा पनि कोभिड-१९ का सङ्क्रमितहरूको संख्या बढिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन । साउदी अरेबियामा पनि पछिल्ला केही हप्ता देखि कोभिड-१९ का सङ्क्रमितहरूको संख्या दिन दिनै बढिरहेको साउदी स्वास्थ्य मन्त्रालयलको तथ्यांकले देखाएको छ ।

साउदी अरेबियाको राजधानी रियादमा बढी संख्यामा यसका सङ्क्रमितहरू देखिएका छन् । आइतबार साउदी स्वास्थ्य मंत्रालयले सार्वजनिक गरेको एक तथ्याङ्कमा ५ सय ३१ जनामा यो सङ्क्रमण देखिएको छ । जबकी यो सङ्क्रमणबाट साउदी अरेबियामा ७ जनाको मृत्यु भएको बताएको छ ।

आइतवार यो सङ्क्रमणबाट सबै भन्दा बढी साउदी अरेबियाको राजधानी रियादमा २ सय २१ जना, पूर्वी प्रान्तमा १ सय ५ जना, मक्कामा ९९ जना, मदिनामा २७ जना, अल-कसिममा २२ जना, असिरमा १४ जना, हाइलमा १३ जना, तबुकमा ८ जना, अल-जउफमा ६, जाजानमा ५, नजरानमा ५ र उत्तरी सिमाना क्षेत्रमा ४ जना गरि जम्म ५ सय ३१ जनामा सङ्क्रमण देखिएको हो ।

साउदी अरेबियामा हाल सम्म यो समेतगरि ३ लाख ८८ हजार ३ सय २५ जना कोभिड (१९ को सङ्क्रमणमा पुगेको साउदी स्वास्थ्य मंत्रालयले बताइएको छ । हाल सम्म साउदी अरेबियामा ६ हजार ६ सय ५० जनाको कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बिरामी परेका ३ सय ८९ जना उपचारपछि आइतबार निको भैई घर फर्किएका छन । साउदी अरेबियामा हाल सम्म यो समेत गरी ३ लाख ७६ हजार ९ सय ४७ जना उपचारपछी निको भएको स्वास्थ्य मंत्रालयको तथ्यांकले देखाएको छ ।

साउदी अरेबियामा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ । हाल सम्म कम्तीमा ४ मिलियन भन्दा बढी मानिसलाई यो खोप दिइएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।

Previous articleस्टार सिटी बन्यो एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन
Next articleतराईमा होली मनाइदै, बाँकेमा बिहानैदेखि शुरु (तस्बिरहरु)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here