
नेपालगञ्ज । बाँकेमा होलीको दिन सवारी नियमको उल्लंघन गर्नेहरुलाई जरिवाना तिराइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लामा होलीको दिन सवारी नियमको उल्लंघन गर्ने १०९ वटा सवारी साधानलाई कारवाही गरिएको हो । उक्त कारवाहीबाट एकैदिन ६७ हजार ५ सय राजश्व संकलन भएको छ ।
मादक पदार्थ सेवन गरेर सवारी साधान चलाउने, क्षमता भन्दा बढि सवारी बोक्ने, हेलमेट नलागाउने र क्षमताभन्दा बढि माल सामान बोक्ने सवारी साधानलाई कारवाही स्वरुपमा जरिवाना तिराइएको छ । मोटरसाईकलमा ३ जना बोक्ने, हेलमेट नलगाउने र मादक पदार्थ सेवन गर्ने ६० वटा मोटरसारसाईकललाई मात्रै कारवाही गरिएको छ ।
मोटरसाईकलको कारवाहीबाट ३५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यस्तै होलीकै दिन सवारी नियमको उल्लघंन गर्नेहरु मालबाहक सवारी सधानहरु जस्तै बस, ट्रयाक्टर, टिप्परलाई गरिएको कारवाहीबाट ३२ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।
पर्वको मौका छोपेर ट्राफिक नियमको पालना नगर्ने र दुर्घटनाको जोखिम पनि बढि हुने गरेकाले पर्वको बेला सावधानी अपनाउन चेकजाँचलाई निरन्तरता दिइएको जनाइएको छ ।





