
नरैनापुर । नरैनापुर क्षेत्रबाट भारततर्फ पेट्रोलियम तस्करी बढेको छ । भारततर्फ पेट्रालियम पदार्थ तस्करी बढेपछि प्रहरीले कारवाही शुरु गरेको छ ।
कारवाही स्वरुप प्रहरीले कारवाही गर्दा दुई हजार लिटर डिजेल बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले कारवाही गर्दा नरैनापुर गाउँपालिका वडा नं.१ बाट भारततर्फ तस्करी हुन लागेको सो मात्राको डिजेल बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा कारवाही गर्दा भे.१ ख.२९६० नं.को मिनि ट्रकमा भारततर्फ चोरी निकासी गरिरहेको अवस्थामा सिमा क्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद डिजेल आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमले बताउनुभयो । सिमा क्षेत्रबाट भारततर्फ भइरहेको पेट्रोलियम तस्करी विरुद्ध कडाई गरिएको उहाँले बताउनुभयो । नेपालगञ्ज न्युजबाट





