हात्तीपाइले रोग निवारण अभियान शुरु

नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणा, उपमेयर उमा थापामगर, २ नम्बरका वडा अध्यक्ष सुनिल सिंह हमाल लगायतले औषधी सेवन गर्दै

नेपालगञ्ज । हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन कार्यक्रम शुक्रबारबाट शुरु भएको छ । नेपाल सरकारले शुक्रबारदेखि बाँकेसहित बर्दिया, कैलाली, दाङ कपिलबस्तु, बागलुुङ, पर्वत, लम्जुारङ, बारा, मोरङ धनकुटा र झापागरी १२ जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधी अभियान सुरु भएको हो ।

बाँकेमा साढे पाँच लाख व्यक्तिलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने लक्ष्य छ । यो अभियानमा ५ लाख ७६ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने लक्ष्य लिइएको कार्यालय प्रमुख धिरजंग शाहले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा १ लाख ६६ हजार ८ सय ८६ जना र सबैभन्दा कम नरैनापुर गाउँपालिकाका ४० हजार ८ सय ४३ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य छ ।

यस्तै राप्तीसोनारीका ७० हजार ८ सय ८४ जना, बैजनाथ गाउँपालिकाका ६४ हजार ५ सय ४८, खजुराका ५९ हजार ८ सय ६८, जानकीका ४४ हजार १ सय ९९, डुडुवा गाउँपालिकाका ४३ हनार ४ सय ७८ र कोहलपुर नगरपालिकाका ८५ हजार ३ सय ७० जनालाई औषधी खुवाउने लक्ष्य लिइएको छ ।

बाँकेमा यो अभियान संचालन भएको यो ११ औं वर्ष हो । हात्तीपाइले रोगविरुद्धको औषधि नखाइ दिँदा जिल्लामा यो रोग विरुद्धको अभियान जारी छ । ६ बर्षसम्म नियमित खुवाउने कार्यक्रम भएपनि बाँकेमा मानिसहरुले औषधी नखाइदिँदा यो अभियान लम्बिएको हो ।

ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्र र पढेलेखेकै मानिसहरुले औषधी नखाइ दिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताउनुभयो । नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका सहरी क्षेत्रमा औषधी सेवन गर्नेको संख्या कम छ ।

जिल्लामा यो वर्ष अभियानमा ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयम सेवक परिचालन भएका छन् ।

यो औषधी दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र ७ दिनसम्मकी सुत्केरी, सिकिस्त विरामीहरु, कुनै कडा रोग लागि औषधी सेवन गरिरहेका जस्तैः क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, छारे रोगी, २४ घण्टाभित्र ज्वरो आएका तथा कडा कुपोषण भएका ५ वर्षमुनिका बालबालिकाहरुले सेवन गर्नु हुँदैन् ।

Previous articleभन्सार छलि ल्याइएने पेय पर्दाथ भेटिए कारवाही हुने
Next articleनेपालगञ्जमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here