
नेपालगञ्ज । भारतबाट भन्सार छलि ल्याइएको पेय पदार्थ नियन्त्रणमा लिइएको छ । बिहीबार बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा भन्सार छलि ल्याइएका भारतमा उत्पादित पेय पदार्थ नेपालगन्जको विभिन्न पसलहरुबाट बरामद गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले शुक्रबारदेखि जिल्लाका पसलहरुमा अबैध पेय तथा खाद्य पदार्थ भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताउनुभएको छ ।
रुपैडिहा जाने र उताबाट पर्किँदा पेय पदार्थ ल्याउनेहरुलाई फिर्ता समेत पठाउन शुरु गरिएको छ । भारतीय बजार नजिक पर्ने र नेपाली उत्पादनको बढि मुल्य पर्ने भएको हुँदा रुपैडिहा पुग्नेहरुले पेय पदार्थ बोकेर आउने गर्छन ।





