
अरशद शेष राई, साउदी अरेबिया ।
सउदी अरेबियाको पबित्र शहर मदिना स्थित रहेको पैगम्बर मोहम्म्द स.अ.वसल्लमको मस्जिदमा रमजानको समयमा बच्चाहरूलाई प्रवेश गर्न रोक लगाएको छ । केही दिन देखि कोरोना भाइरसको महामारी बढ्दै गएपछि सावधानी स्वरूप बच्चाहरूलाई प्रवेश गर्न रोक लगाएको हो ।
इस्लाम धर्मवलम्बीहरूको पबित्र महिना रमजानमा १५ बर्ष भन्दा कम उमेरका बच्चाहरूलाई कोरोना भाइरस रोगको प्रसार रोक्न सावधानीको उपायको तहत इस्लाम धर्मका प्रबक्ता मोहम्मद स.अ.वसल्लमकोन मस्जिद–ए नब्वी र यसका आंगनहरूमा प्रवेश गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।
मस्जिद-ए नब्वीका मामिलाहरूको लागि जनरल प्रेसिडेन्सीले रमजान योजनामा तारावीहको प्रार्थना समयलाई आधा तुल्याउनु, मस्जिदलाई तरावीहको ३० मिनेट पछि बन्द गर्नु र इतिकाफलाई निलम्बन गर्न बताएको छ ।
रमजानको दिनमा व्रत बसेकाहरूले उपवास तोड्न चाहिनेलाई मस्जिदमा व्यक्तिगत उपभोगको लागि पानी र खजुर प्रदान गरिनेछ । यस बहेक कुनै साझेदारी, वितरण, वा भेलाहरूलाई प्रतिबन्ध गरिएको छ । मस्जिदको आँगनमा साहूर खाना व्यवस्थित र वितरण गर्न पनि अनुमति दिएको छैन ।





