साउदीमा ७ सयबढि कोरोना संक्रमित, सावधानीको कदम उठाउन मन्त्रालयको आग्रह ।

अरशद शेष राई, साउदी अरेबिया ।

साउदी स्वास्थ्य मन्त्रालयले आफ्ना नागरिक तथा प्रवासीहरूलाई कोरोनाको प्रसारलाई रोक्न सावधानीका कदम उठाउन आग्रह गरेको छ । मन्त्रालयले ठूलो समारोहसंग बच्न तथा मास्क अनिवार्य रूपमा लगाउन तथा अहतियाती उपायहरू अपनाउन सबैलाई अनुरोध गरिएको छ ।

साउदी अरेबियामा कोरोना भाइरसको संख्यामा दिनदिनै वृद्धि हुँदै गएको देखिएको छ । एक हप्ता देखि लगातार ५ सय भन्दा बढी रहेको कोरोना संक्रमणका घटनाहरू शुक्रवार ७ सय भन्दा माथि पुगेको साउदी स्वास्थ्य मंत्रालयले घोषणा गरेको छ । जुन ६ महिनादेखि कोरोना भाइरस सौ भन्दा पनि कम भैइ सकेका थिए ।

नयाँ संक्रमितमध्ये साउदी अरेबियाको राजधानी रियादमा ३ सय ३८, पूर्वी प्रान्तमा १सय १४, मक्कामा १ सय ८, मदिनामा ४४, उत्तरी सिमानामा ३०, हाइलमा २२, असीरमा १, ताबुकमा ११, जाजानमा १० जना गरि ७ सय २८ जना संक्रमितको घोषणा गरिएको हो ।

यो संगै साउदी अरेबियामा कोरोना भाइरसको संक्रमितको कुल संख्या ३ लाख ९१ हजार ३ सय २५ जना पुगेको साउदी स्वास्थ्य मंत्रालयको तथ्यांकले देखाएको छ । कोरोना भाइरसबाट ४ सय ४ जना बिरामीहरू पुनस् निको भएपछि राज्यमा रिकभरीको कुल संख्या बढेर ३ लाख ७८ हजार ८ सय ७३ जना पुगेको जनाएको छ ।

साउदी अरेबियामा शुक्रबार कोरोना भाइरसको महामारीले गर्दा ८ जनाको मृत्यु भएको छ । योसंगै राज्यमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय ८४ जना पुगेको साउदी स्वास्थ्य मंत्रायलले जनाएको छ ।

साउदी अरेबियामा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ । हाल सम्म कम्तीमा ४.३ मिलियन भन्दा बढी मानिसलाई यो खोप दिइएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।

Previous articleबढ्दो कोरोनाका कारण मोहम्मदको मस्जिदमा बच्चाहरूलाई प्रतिबन्ध
Next articleनरैनापुरको खोदवाँमा आगलागी, पुर्ण जानकारी आउन बाँकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here