
नरैनापुर । बाँके नरैनापुर गाउँपालिका वडा न-४ स्थित खोदवा गाउँमा आगलागी हुँदा प्रारम्भिक जानकारी अनुसार १२० घरधुरी जलेका छन ।
फकिरे पठानको खरले छाएको कच्ची घरमा अचानक आगलागी भई अन्य आसपासका घरहरुमा पनि आगो सल्किएको हो ।
उक्त स्थानतर्फ प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ र सुरक्षा निकाय प्रमुख समेत प्रभाबित क्षेत्रमा गई उद्धार र प्रतिकार्यमा खटिनुभएको थियो ।
खबर प्राप्त हुनासाथ नरैनापुर गा.पा.को दमकल नेपालगंज उपमहानगरपालिकाबाट २ वटा दमकल र कोहलपुर नगरपालिकाबाट १ वटा दमकल प्रयोग भएको भएको ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय समदाय ,रेडक्रस लगाएको सकृयतामा आगो नियन्त्रणमा आएको थियाे ।
आगलागिमा निम्न ब्यक्तिहरु :
१. ५५ वर्षका मिश्रीलाल पासीकाे आगोको रापको कारणले गर्दा श्वासप्रश्वासमा समस्या अवस्था सामान्य
२. निजको श्रीमती ५२ वर्षीया मायावाती पासीकाे बाँया हातको पखुरामा जलेको अवस्था सामान्य
३.३५ वर्षीया गुणवाती पासीको दुबै हातको औला जलेको अवस्था सामान्य
घट्ना पश्चात् तत्काल तपसिल अनुसार राहत बितरण गरिएकाे छ । :
प्रभाबित स्थान मा बिपद् ब्यबस्थापन समिति बाँकेबाट प्रभाबित स्थानमा बिपद् व्यवस्थापन समिति बाँकेबाट ४० थान टेन्ट, चिउरा ८६० के.जि, २५० के.जि. भुजा, २४०० पोका चाउचाउ , १४०० पोका बिस्कुट , ६० काटुन पानी पठाइएको छ ।
त्यसैगरि नरैनापुर गा.पा.को तर्फबाट चामल १० बोरा, दाल २५ के.जि., चिउरा २५ के.जि., दालमोट १० के.जि., पानी १० काटुन समेत पठाइएको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिनुभयो ।









