आर्य समाजद्वारा नेपालगन्जमा हाेली मिलन

नेपालगन्ज । आर्य (धोबी ) सेवा समाज बाँकेले शनिबार नेपालगंजमा होली मिलन तथा सहभोज कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष पवन कुमार कनौजियाको अध्यक्ष तथा जिल्ला समन्वय समिति बाँकेका सभापति अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथीमा नेपालगंज उपमहानगरपालिकाका मेयर डा.धवल शमसेर राणा, आर्य समाज भारतका अध्यक्ष राजकुमार कनोजिया, जनता समाजवादी पार्टी बाँकेका उपाध्यक्ष राजन राना मगर, पुर्व सहायक सहायक प्रमुख जिल्ला अधिकारी तथा समाजका सल्लाहकार बसन्त कनौजिया, खटिक समाज बाँकेका अध्यक्ष मोहन लाल सोनकर, साहु समाज बाँकेका अध्यक्ष हंसराम शाहु, कसौंधन समाज बाँकेका अध्यक्ष नन्दलाल बैश्य, औतार देई कसौंधन चौधराईन प्रतिष्ठानका अध्यक्ष राधेश्याम गुप्ता, हरिजन समाज बाँकेका अगुवा जगदीश प्रसाद हरिजन, नेपालगंज उपमहानगरपालिकाका योजना शाखा प्रमुख ब्रज भुषण झा, योग समिति नेपालका केन्द्रीय अध्यक्ष गिरिराज भट्टराई लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।सोही कार्यक्रममा समाजका जेष्ठ नागरिक अगुवाहरु तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन आर्य (धोबी ) समाजका महासचिव कौशल कुमार धोबीले गर्नुभएकाे थियो ।

Previous articleनरैनापुरको खोदवाँमा आगलागी, पुर्ण जानकारी आउन बाँकी
Next articleनरैनापुर आगलागी घट्ना अपडेट : १२० घर नष्ट, ३ जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here