बाँकेमा ज्वाला सिंहको नाममा चन्दा माग्ने ४ जना पक्राउ

नेपालगञ्ज । बाँकेमा ज्वला सिंह समूहको नामबाट चन्दा माग गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको राप्तीसोनारी गाँउपालिका वडा नं ५ जुरपानी वस्ने सिताराम थारुलाई विगत १ हप्ता पहिलादेखि ज्वाला सिंह समूहको नामबाट फोन गरेर चन्दा माग गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको छ । चन्दा माग गरेको भन्ने सूचनाको आधारमा खटिएको बिशेष टोलीले उक्त समूहको खोज लतास तथा निगरानी गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले जानकारी दिनुभयो ।

आफुलाई ज्वाला सिंह समूह भनि बताउने राप्तीसोनारी गाउँपालिका वडा नं ४, सुर्यलालपुरका २४ वर्षीय विकास चौधरी, ४१ वर्षीय मेघनाथ चौधरी, ४० वर्षीय भिम बहादुर भण्डारी र दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं १५ का २९ वर्षीय ज्योती प्रकाश चौधरी पक्राउ परेका हुन ।

ज्योती हाल नेपालगंज उपमहानगरपालिका वडा नं ४ सल्यानी बामा बस्दै आएका छन् । ज्योतीलाई प्रहरीले चैत्र २० गते ८ बजेको समयमा नेपालगंज वडा नं २२ पुरैनीबाट प्रहरीले पक्राउ गरेको हो । ज्योतीले चन्दाबाट लिएको दश हजारसहित चन्दा गर्ने कार्यमा प्रयोग गरेको ९८२६५१८९२९ नं सिम सहित नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक रानाले बताउनुभयो ।

पक्राउ परेकाहरुले सिताराम दुई लाख रकम माग गरेको प्रहरीले बताएको छ ।

पक्राउ ब्यक्तिको बिवरण :-

नामथर :         विकास चौधरी

ठेगना   :         जिल्ला बाँके राप्तीसोनारी गा.पा. वडा नं.४ सुर्यलालपुर

उमेर     :         २४  बर्ष

पेशा     :         होटल संचालक ( न्यू राप्ती खाजा घर नेपालगंज ४ न्यूरोड)

नामथर :         मेघनाथ चौधरी

उपनाम :         मर्गनाथ  

ठेगना   :         जिल्ला बाँके राप्तीसोनारी गा.पा. वडा नं.५ सुर्यलालपुर

उमेर     :         ४१ बर्ष

पेशा     :         कृर्षि

नामथर :         ज्योती प्रकाश चौधरी

ठेगना   :         जिल्ला दाङ तुल्सीपुर उप-महानगरपालिका वडा नं.१५ हाल नेपालगंज ३ सल्यानीबाग

उमेर     :         २९  बर्ष

पेशा     :         ज्याला मजदुरी

नामथर :         भिम बहादुर भण्डारी

ठेगना   :         जिल्ला बाँके राप्तीसोनारी गा.पा. वडा नं.२

उमेर     :         ४०  बर्ष

पेशा     :         अटो चालक  (पुर्व जनमुक्ती सेना कम्पनी कमाण्डर)

बरामद सामान : चन्दा रकम लिएको नगद रु १०,०००।- , चन्दा रकम माग गर्ने प्रयोग भएको ९८२६५१८९२९ नं. सिम

Previous articleपिडितलाई तत्काल चाहिने सामाग्री लिएर प्रमुखको टोली नरैनापुर जाँदै
Next articleमहासंघकाे अध्यक्षका लागि तीन जनाकाे उम्मेदवारी, कुन पदमा काे ? (विवरणसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here