साहू समाज बाँकेद्धारा होली मिलन

नेपलागन्ज । बाँकेको साहू समाज समिति जिल्ला कार्य समितिले नेपालगन्जद्वारा होली मिलन कार्यक्रम गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं–५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर स्थित साहू समाज समितिको धर्मशालामा शनिवार होली मिलन कार्यक्रमको आयोजना गरिएको थियो ।

साहू समाज समिति आयोजित होली मिलन कार्यक्रम साहू समाज समिति जिल्ला कार्यसमितिका अध्यक्ष हंशराम साहूको अध्यक्षतामा सम्पन्न भएको थियो । समाजका हरिलोचन शाहद्वारा सञ्चालित कार्यक्रममा कशौंधन बैश्य समाजका उपाध्यक्ष राम कुमार बैश्य, समितिका उपाध्यक्ष बिमल कुमार साहू, वरिष्ठ सल्लाहकारमा हरिनारायण साहू, अधिवक्ता तथा कानूनी सल्लाहकार रामनाथ साहू, सदस्यहरुमा बाबुराम साहू(पेन्टर), हरिष गूुप्ता (साहू), राम नरेश तेली, सूरज साहू, प्रहलाद साहू (पे्रमलाल), मेडईलाल साहू, ओमकार साहू, सीताराम साह, समाजसेवी माधवराम वर्मा, कैलाश नाथ साहू, मनोरानी साहू, अमरनाथ साहू, राजेन्द्र शाह, (सिरहा), राम प्रताप शाह, रामदीन साहू, पवन जायसवाल लगायतले होली मिलनमा शुभकामना राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी भएका स्वजातीय बन्धु, तथा अतिथि, लगायतले एक आपसमा अबीरको टीका लगाई शुभकामना व्यक्त गर्नु भएको थियो । सो अवसरमा सहभागी महानुभावहरुले श्रीराधा कृष्ण मन्दिरका लागी यथाशक्ति सहयोग गर्नु भएको थियो ।

Previous articleमहासंघकाे अध्यक्षका लागि तीन जनाकाे उम्मेदवारी, कुन पदमा काे ? (विवरणसहित)
Next articleनेपालगन्ज उपमहानगरपालिकाको दश बुँदे प्रतिबद्वता घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here