
नेपालगन्ज । नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय सदस्य ९मधेशी० उम्मेदवार राकेशकुमार मिश्र नेपाली पत्रकारिता क्षेत्रमा शसक्त युवा जुझारु पत्रकारको रुपमा अघि बढनुभएको छ ।
उहाँ एक मधेशी समुदाय अन्तर्गत अवधी भाषी पत्रकारको अगुवाइ र नेतृत्व लिई आफुलाई थुप्रै चुनौतीका बावजुद पत्रकारिता क्षेत्रमा सफल र सक्षम व्यक्तित्वको रुपमा आफ्नो पहिचान बनाइ सक्नुभएको छ ।
पत्रकारिता क्षेत्रमा उहाँ आफैमा सक्षम, कर्मठ, अनुभवी पत्रकारको रुपमा स्थापित भइसक्नुभएको छ । सामाजिक शास्त्र र पत्रकारिता गरि दुई छुट्टा छुट्टै विषयमा स्नातकोत्तर तहको डिग्री शिक्षा हासिल गरेका मिश्र पत्रकारिता पेशालाई व्यवसायिक रुपमा लिनुभएको छ ।
पत्रकारिता क्षेत्रमा विगत २० वर्ष (२०५७ साल) देखिको निरन्तर अनुभव भएका मिश्र विशेष गरि रेडियो पत्रकारिता क्षेत्रमा पहिचान कायम गराउनुभएको छ ।
प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ताद्धारा सम्पादित साप्ताहिक पत्रिका किरणबाट पत्रकारिता पेशा आरम्भ गरेका मिश्र अहिले पश्चिम नेपाल कै शासक्त तथा सबैभन्दा ठुलो (दुई हजारबाट) क्षमता भएको रेडियो कृष्णसार एफ एममा काम गर्दै आउनुभएको छ
सरल र अति मिलनसार स्वभावका मिश्रलाई सबै पत्रकारले समेत मान्ने गरेका छन्। समुदायका लागि सञ्चार अभियान नेपाल (रेडियो कृष्णसार एफ एम)का अध्यक्ष, अवधी भाषी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष रहेका मिश्र १३ वर्षदेखि नेपाल पत्रकार महसंघ बाँके शाखामा आबद्ध रहनुभएको छ ।
शाखाको कार्यसमिति सदस्य, सचिव र अध्यक्ष पदको समेत प्रत्यासी मिश्र पत्रकार महासंघ संगठनलाई राम्रोसंग बुझिसक्नुभएको छ ।
श्रमजीवी पत्रकारको हकहित, पेशागत सुरक्षा, प्रेस स्वतन्त्रताका पक्षमा निरन्तर सक्रिय रुपमा अवाज उठाउँदै आउनुभएको छ । उहाँ पश्चिम नेपालमै समाबेशी मधेशी तथा अवधी समुदायबाट एक शसक्त बलियो पत्रकारको रुपमा परिचित हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको पुरस्कार तथा सम्मान पाइसक्नुभएका मिश्र राष्ट्रिय स्तरको नेपाल सरकारको स्वमित्वमा रहेको राष्ट्रिय समाचार समितिमा १४ वर्षको लामो कार्य अनुभव समेत रहेको छ ।
पत्रकारितासंगै उनले सूचनाको हक र सुशासनको विधालाई पत्रकारिताको माध्यमबाट उजागर गर्नुभएको छ । पत्रकारिता पेशा व्यवसायका क्रममा उनले समाचार लेखन, रिपोर्टिङ्गका साथै सम्पादन, समाचार प्रमुख र मिडियाको नेतृत्वको जिम्मेवारी समेत निर्वाह गरिससक्नुभएको छ ।
पत्रकार राकेशकुमार मिश्रको सक्रियता तथा आगामी पहल
– श्रमजीवी पत्रकारको हकहित, पेशागत सुरक्षा, प्रेस स्वतन्त्रता र समाबेशी महासंघको पक्षमा निरन्तर सक्रिय ।
– अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र सूचनाको हकका लागि निरन्तर सक्रिय ।
– समावेशी पेशागत पत्रकारिता र लोकतन्त्रका लागि निरन्तर खबरदारी ।
– सक्रिय पत्रकारितामा रही मधेशी पत्रकारको हकहितका लागि अगुवाइ ।
– मधेशी पत्रकारहरुको क्षमता अभिबृद्धि, सहभागिता, तथा पत्रकारिता क्षेत्रमा विकास गर्न ।
– मधेशी अधिकारवादी आन्दोलनलाई मूलधारको राजनीतिमा जोड्न क्रियाशिल ।
– रोजगारी र पेशाबाट विस्थापित हुन बाध्य सञ्चारकर्मीका अधिकार र न्यायका लागि सक्रिय ।
– सञ्चारकर्मीको दक्षता तथा पेशागत क्षमता अभिबृद्धि गर्न ।
– सञ्चार गृह बचाउन नितिगत पहल ।
– महासंघ संस्थालाई समाबेशी रुपमा विकास गर्न ।
– समाबेशी पत्रकारिताको विकास गर्न ।
देशभरका सम्पुर्ण पत्रकारहरुले मतदान गर्ने भएकाले केन्द्रीय सदस्य ९मधेशी० पदका उम्मेदवार राकेशकुमार मिश्रले आफुलाई अत्याधिक मत दिएर विजयी बनाउन आग्रह समेत गरेका छन ।





