कोभिडको बेला सुरक्षामा खटिएका पत्रकार केसी प्रदेश सचिवका उम्मेदवार ?

नेपालगञ्ज । कोरोना महामारीका समयमा पत्रकारहरुको सुरक्षाका लागि दौडिएका व्यक्ति हुनुहुन्छ पत्रकार जय सिंह केसी । जतिबेला कोरोनाको त्रास शुरु भएर भयवाह स्थिति सृजना भएको थियो त्यति बेला पत्रकार केसीले पत्रकारहरुको सुरक्षा, उनीहरुलाई कोरोना संक्रमणबाट जोगिनका लागि सुरक्षा सामाग्री लिएर दौडिनुभएको थियो ।

पत्रकारहरुको छाता संगठनका रुपमा रहेका संस्थाहरुले पनि कोरोनाबाट पत्रकारलाई कसरी जोगाउने भनेर केही गर्न नसकेका बेला पत्रकार केसीले सुरक्षित बनाउन सक्रिय बन्नुभएको थियो ।

पश्चिम नेपालको प्रत्येक जिल्लामा उहाँले पत्रकारहरुलाई सुरक्षा सामाग्री सहयोग गर्नुभएको थियो । जसले गर्दा उहाँ पश्चिमका पत्रकारहरुको मनमा बस्न सफल हुनुभएको पत्रकारहरु बताउँछन् ।

कोभिड संक्रमणकालमा पत्रकार केसी लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा व्यक्तिगत रूपमा सञ्चारकर्मी पत्रकारहरूलाई सुरक्षा सामाग्री सहित राहत वितरण अभियान सञ्चालन गर्दै गर्दा नजिकबाट श्रमजिवी पत्रकारहले भोग्नुपरेका पीडा र समस्या समाधानमा संवेदनशील बनाउनका लागि नै अहिले उहाँले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको सचिवमा उम्मेदवारी दिनुभएको छ ।

श्रमजिवी पत्रकारहरूका साझा समस्या समाधानका लागि सक्षम नेतृत्वले मात्र भूमिका निर्वाह गर्न सक्ने भएको हुँदा आफ्नो उम्मेदवारी रहेको पत्रकार केसीले बताउनुभयो । पत्रकार केसीले गर्दै आएको समाज सेवालाई निरन्तरता दिनका लागि प्रेरित गर्न खुला सचिव पदमा मतदान गरेर थप जिम्मेवार वहन गर्ने अवसर दिन उहाँले सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गर्नुभएको छ ।

Previous articleको हुन पश्चिम नेपालका एक मात्र सदस्य (मधेशी) पदका उम्मेदवार राकेश ?
Next articleबरिष्ठ पत्रकार सम्मानित, स्वतन्त्रमा दर्जन प्रवेश, नयाँ कार्यसमिति चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here