सुर्यपटुवामा एक दिने शिबिर, २ सय ३५ जनालाई सेवा प्रदान

मधुवन । बर्दियाको मधुबन नगरपालिका वडा नं १ सुर्यपटुवामा सोमबार निःशुल्क हाडजोर्नी तथा नसा रोग बिरामीका लागि शिबिर सम्पन्न गरिएको छ ।

मधुवन नगरपालिका वडा न १ र सुर्यपटुवा स्वास्थ चौकीको आयोजनामा सन्चालन गरिएको शिबिरमा भेरी अस्पताल नेपालगन्जका बरिस्ट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.लक्ष्मण सिग्देलले स्वास्थ्य जाँच गर्नुभएको थियो ।

गरिब, बिपन्न परिवारलाई निःशुल्क विशेषज्ञ सेवा दिने उद्देश्यले शिबिर सन्चालन गरेको मधुबन नगरपालिका वडा न १ का वडा अध्यक्ष पर्शुराम थारुले जानकारी दिनुभयो । आफ्नै गाउँ गाउँमा शिबिर सन्चालन गर्न पुगेका डासिग्देललाई त्यहाका बिरामीले न्यानो स्वागत गर्नुका साथै खुशी व्यक्त गरेका थिए ।

सचेतना मुलक कार्यक्रम सन्चालन गर्दै आएको सुर्यपटुवा स्वास्थ्य चौकीमा हाडजोर्नी तथा नसा सम्बन्धी निःशुल्क शिबिर भने पहिलो पटक सन्चालन भएको स्वास्थ्य चौकी प्रमुख पुर्ण न्यौपानेले बताउनुभयो ।

साथै उहाँले अब प्रत्येक ३ महिनामा हाडजोर्नी सम्बन्धी निःशुल्क सिबिर संचालन गर्ने बताउनुभयो । २ सय ३५ जनाले सेवा लिएको शिबिरमा भेरी अस्पताल नेपालगन्जका एम बि बि एस डा.अनिल महर्जन लगायत अन्य स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । शिबिरमा पे्रसर सुगर तथा हाडजोर्नी नशा सम्बन्धीकै निःशुल्क औषधी निःशुल्क रुपमा बितरण गरिएको थियो ।

Previous articleबाँकेमा बढ्न थाल्यो कोरोना ग्राफ
Next articleप्रहरी र तस्कर समूहबीच गोली हानाहान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here