बाँकेमा बढ्न थाल्यो कोरोना ग्राफ

नेपालगञ्ज । शुन्यमा पुगेको बाँकेमा फेरि संक्रमितहरुको संख्या बढ्न थालेको छ । एक ताका कोरोनाका बिरामीहरु पूर्ण रुपमा सकिने अवस्थामा पुगेको जिल्लामा पछिल्लो सयम छिमेकी देश भारतमा कोरोनाको ग्राफ बढेसंगै बाँकेमा समेत यसको जोखिम बढेसंगै असर देखिन थालेको छ ।

दोस्रो चरणमा शुरु भएको कोरोना कहरुमा अहिले जिल्लामा संक्रमितको संख्या ५७ पुगेको छ । केहि दिनदेखि जिल्लामा दैनिक रुपमा कोरोनाका बिरामीहरु बढिरहेका छन् । भारतबाट फर्किएका दैनिक एक दुई जनामा कोरोना संक्रमण भेटिने गरेको छ भने जिल्लाका बिभिन्न प्रयोगशालाहरुमा हुने चेकजाँचबाट समेत संक्रमितहरु देखिन थालेका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज बहादुर वलीका अनुसार सोमबार मात्रै जिल्लामा ११ जनामा कोरोना संक्रमण भेटिएको छ । उहाँका अनुसार हाल जिल्लामा सक्रिय कोरोना संक्रमितहरुको संख्या बढेर ५७ जना पुगेको छ ।

जिल्लामा कोरोना महामारी शुरु भएको एक वर्षमै संक्रमण न्यून भएर घर फर्किने दैनिकी नै बनेको थियो । पाँच हजारको हाराहारीमा पुगेका कोरोना संक्रमितहरु संक्रमण न्युन हुने भएर अधिकांश व्यक्तिहरु घर फर्किसकेका थिए । केही समयअघि मात्र जिल्लामा जम्मा जम्मी ८ जना मात्र आइशोलेशनमा बचेका थिए ।

Previous articleनरैनापुरका आग्नी पिडितलाई राहत बितरण
Next articleसुर्यपटुवामा एक दिने शिबिर, २ सय ३५ जनालाई सेवा प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here