
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकामा शुक्रवार बैशाख ३ गतेदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाई गर्ने निर्णय गरेको छ ।
माक्स नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर माक्स नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।






यो नेपालगन्ज बासिहरुलाई मात्रै सुचित भन्दा पनि जो जुन ठाउमा हुनुहुन्छ त्यहि ठाउँ बसेर यस्को निराकरण कसरि गर्नु पर्छ फेरि कृपया सबै दाजुभाई , दिदिबहिनि तथा मेरो अग्ग्रजहरु यक चोटि गम्भीर भयर सोच्नु पर्ने अबस्था सिर्जना भयको छ ।
पहिला सुरुमा यक जना कोभिड १९ ज्यान जादा सबै समाज बासिले आफ्नो गल्लि समाजको मुल बाटो प्रवेश निशेध भने धेरै होसियार थियौ । मानिसमा त्रास थियो तर आज ४,५ जनाको ज्यान जादा मानिसलाई केहि फरक परेको छैन ।
भनिन्छ नि आफु नमरे स्वार्ग देखिदैन रे कि यहि हुनको लागि लापरबाही हो कि ।। बिन्ति छ हजुर गम्भीर भयर सोचौउ ।।