
नेपालगञ्ज । वैशाख १ गते नेपाली झण्डा महोत्सव मनाइएको छ । नयाँ वर्षको पहिलो दिन बुधबार नेपालगञ्जको रामलिला मैदानमा छैंठौं झण्डा दिवस मनाइएको हो ।
बैशाख १ गते झण्डा दिवस मनाउने शन्देश दिन र राष्ट्रिय झण्डाको सम्मानमा सर्बसाधारणलाई थप जागरुक गराउन विगत ६ वर्षदेखि झण्डा महोत्सव मनाउँदै आइएको छ ।
दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा देशभक्ति र राष्ट्रियता झल्किने गीत, संगित प्रस्तुत भएको थियो ।
६ बर्ष अघि बाँकेबाट शुरु भएको झण्डा दिवस पछिल्लो २ वर्ष देखि मुलुकका अन्य स्थानहरुमा पनि गर्न थालिएको महोत्सवका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो ।





