संकट व्यवस्थापन केन्द्रको निर्णय : जिल्लाका शिक्षण संस्था आइतबारदेखि बन्द हुने

नेपालगञ्ज । जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार नेपालगन्ज सहित जिल्लाभर आइतबारदेखि एक सातासम्म सम्पुर्ण शैक्षिक सस्था बन्द हुने भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबारदेखि एक साता बिद्यालय बन्द गर्ने निर्णय गरेकोमा संकट ब्यवस्थापन केन्द्र बिहीबार बसेको बैठकले आइतबारदेखि जिल्लाको विद्यालय बन्द हुने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको बिहीबार बसेको बिपत व्यवस्थापन समितिको बैठकले शुक्रबारदेखि नेपालगञ्जका बिद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

Previous articleफरक “हर्कत” देखाउँदै कोरोना !
Next article१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here