१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

नेपालगन्जमा आजदेखि १२ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।

नेपालगन्जस्थित एम पी स्कुल मैदानमा संचालन भईरहेको उक्त प्रतियोगिताको बिहिबार प्रदेश सभा सदस्य एवँ ओलम्पियन सुरेन्द्र हमालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै हमालले बिद्यालय स्तरका खेलहरुबाट नै राष्ट्रिय खेलाडीहरुको उत्पादन हुने बताउनुभयो । उहाले खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा नपरेको उल्लेख गर्दै आफुले प्रदेशसभामा यसबारे आवाज उठाई रहेको जीकिर गर्नुभयो ।

त्यस्तै मध्यपश्चिम खेलकुद बिकास समिति नेपालगन्जका पुर्ब अध्यक्ष भीम ओलीले खेलाडीहरुले देशलाई अन्तरराष्ट्रिय जगतमा पहिचान दिलाउन सफल भएकोले राज्यले यस क्षेत्रलाई उचित ध्यान दिनु पर्ने बताउनुभयो ।जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा संचालन भएको उदघाटन सत्रमा आयोजक जिल्ला खेलकुद बिकास समिति बाँकेका प्रमुख सन्तोष श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

प्रतियोगितामा ४१ वटा बिद्यालयको सहभागिता रहेको छ । शनिबारसम्म संचालन हुने प्रतियोगितामा उसु, कराते, तेक्वान्दो, कपर्दी, भलिबल र एथ्लेटिक्स खेल समावेश छन ।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले आगामी बैशाख १० गतेदेखि दाङमा संचालन हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

Previous articleसंकट व्यवस्थापन केन्द्रको निर्णय : जिल्लाका शिक्षण संस्था आइतबारदेखि बन्द हुने
Next articleशाहू समाजद्वारा नयाँ वर्ष विशेष कार्यक्रम, युवा समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here