पत्रकार महासंघमा निर्वाचित अवधी भाषी पत्रकारलाई सम्मान

नेपालगन्ज । नेपाल पत्रकार महासंघको चैत २५ गते भएको निर्वाचनमा निर्वाचित अवधी भाषी पत्रकारहरुलाई अवधी पत्रकार संघ नेपाल बाँके शाखाले स्वागत सम्मान गरेको छ ।

अवधी पत्रकार संघ नेपालको भवन निर्माणस्थल नेपालगन्ज ४ शिव पार्वती मन्दिर प्राङ्गणमा शनिबार एक स्वागत, सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी महासंघमा निर्वाचितलाई सम्मान प्रदान गरेको हो ।लुम्बिनी प्रदेश सदस्य मो.आरिफ अन्सारी, प्रदेश परिषद सदस्य मेराज सल्मानी, महासंघ बाँके शाखा सदस्यहरु भिष्म लोध, जावेद अन्सारी, जावेद हलुवाईलाई सम्मान टोपी र गम्छा ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी सोही कार्यक्रमको अवसरमा अवधी पत्रकार संघ नेपाललाई जग्गादान गर्ने जग्गादाता माधवराम बर्मालाई समेत सम्मान प्रदान गरिएको थियो ।कार्यक्रममा पत्रकार महासंघ बाँके शाखाका संस्थापक वरिष्ठ पत्रकार एंव प्रेस स्वतन्त्रता सेनानी लियाकत अलि, नेपालगञ्जका बिभिन्न वडाका वडा अध्यक्ष, संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र, संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, सामाजिक अगुवा, छिमेकी मित्र राष्ट्र भारतको बहराइच जिल्लाबाट न्युज डेलीका सम्पादक दिवाकर सिह, न्युज 24×7 का संंवाददाता तथा जी न्युजका संंवाददाता लगायत अन्य भारतीय संंवाददाताहरु सहभागि हुनुभएको थियो ।संघका उपाध्यक्ष नन्दलाल साहूको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संघ बाँकेका अध्यक्ष चन्द्रेश्वर त्रिपाठीले सबैलाई स्वागत, सम्मान गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Previous articleशहरी क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्नुपर्ने सीसीएमसीको निष्कर्ष
Next articleनेपाल-भारत सीमा ३२ घण्टा सिल हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here