शहरी क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्नुपर्ने सीसीएमसीको निष्कर्ष

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ ।

सीसीएमसीको शनिबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड-१९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालका अनुसार यो आदेशमा विद्यालय बन्द गर्ने शब्द छैन । ‘धेरै संक्रमण देखिएको ठाउँहरुमा तत्कालका लागि वैकल्पिक विधिमार्फत विद्यालयहरुमा पठनपाठन गर्नुपर्छ भन्ने छलफल भएको छ’ उहााले भन्नुभयो, ‘अब क्याबिनेटले आवश्यकता अनुसार निर्णय गर्छ ।’

Previous articleबाँकेमा अहिले सम्मकै उच्च संख्यामा संक्रमित फेला
Next articleपत्रकार महासंघमा निर्वाचित अवधी भाषी पत्रकारलाई सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here