काेराेनाले घेरियाे बाँके : एकैदिन ३२२ जनामा संक्रमण पुष्टि

नेपालगन्ज । बाँके जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढि काेराेना संक्रमित देखा परेका छन् ।

जिल्लाका ३ वटा प्रयाेगशालमा भएकाे परीक्षणमा साेमबार राती १०:३० बजेसम्म नतिजा अनुसार अहिलेसम्मकै सबैभन्दा बढि ३२२ जनामा काेराेना संक्रमण देखा परेकाे हाे ।

याे अवस्थालाई हेर्दा बाँके जिल्ला काराेनाले घेरिएकाे देखिन थालेकाे छ ।

पछिल्लो २४ घण्टामा जम्मा जाँच ६३१ जनाकाे स्याम्पलमध्ये एकैचोटि यति धेरै जनामा संक्रमण फेला परेकाे स्वास्थ्यकर्मीहरू बताउँछन् ।

पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा २१९, बागेश्वरी डाईग्नाेष्टिकमा ३७ र नेपालगन्ज मेडकल कलेजमा ६६ जना काेराेनाकाे संक्रमण देखिएकाे छ ।

Previous articleप्रदेश सदस्य बिजय यादवद्धारा मन्त्री पदको शपथ ग्रहण
Next articleकर्मचारी संगठन स्थापना दिवसमा सहयोग हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here