
नेपालगञ्ज । बाँकेका प्रदेश सदस्य बिजय यादव सहित जसपाका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नव नियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभयो ।
मन्त्री यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उहाँहरु चारै जना जसपाका सांसद हुनुहुन्छ। सोमबार सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनःगठन गर्नुभएको हो ।
सोमबार आफुविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केही बेरमै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरुलाई मन्त्रीमा समेट्नुभएको हो ।





