लैंगिक रुपान्तरणमा महिलाको नेतृत्व बिकास तालिम बारबर्दियाको जयनगरमा शुरू

बर्दिया । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको र सामाजिक सचेतन सरोकार मंञ्च स्याक नेपाल बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालीका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा नपालिका क्षेत्रभित्र लन परियोजना संचालन भएको वडाका महिलाहरुका लागी लैगिंक रुपान्तरणमा महिलाको नेतृत्व बिकास तालिम बारबर्दियाको जयनगरमा मंगलबार देखि संचालन भएको छ ।

तालिममा सार्वजनिक सरोकारका विषयमा स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका विभिन्न संयन्त्रहरुमा महिलाहरुको अर्थपुर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले लैगिंक रुपान्तरणमा महिलाकोनेतृत्व बिकास तालिम आयोजना गरिएको थियो ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको र सामाजिक सचेतन सरोकार मंञ्च स्याक नेपाल बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालीका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा मंगलबार बिहवार सम्म देखि ३ दिने तालिम संचालन हुने छ ।

तालिमको उदधाटन सधमा बोल्दै सस्ंथाका अध्यक्ष शिवलाल पाण्डेले सहभागी महिलाहरु लाई सामाजिक परिवेश तथा गरिबी,पहुँच तथा नियन्त्रण,परिरहेको र यसको मुख्य कारण महिलाहरुको पहुच सुनिच्छि हुन नसकिरहेको अबस्थाले गदै महिलाहरुको समान सहभागीता हुन सकिरहेको छैन ।

राज्यले सबै तहमा महिलाहरुको ३३ प्रतिशत आरक्षण गरेता पनी यसको कार्यान्वय हुन सकिरहेको छैन् । जसका कारण लैगिंक मैत्री बिधालय, कार्यालयहरु म यसको अध्यास गर्न कठीनाइ भएको छ ।

जसले गर्दा प्लान इन्टरनेशनल नेपालको साझोदारिमा यस समाजिक सचेतन सरोकार मंचले बारबर्दिया नगरपालीकाको समन्वय र सहकार्यमा बिधालय तहमा लैगिंक मैत्री गुणस्तरिय शिक्षा प्रबद्धनका लागी प्रयास गरिरहेको बताउनुभयो ।
भने वारबर्दिया नगरपालीकाका नगर प्रमुख दुर्गा बहादुर थारु (कबिर) ले नगरपालीकाले नगरपालीका भित्रका सामुदायिक बिधालयको गुणस्तिर बृद्धिगर्नका लागी कार्ययोजना अनुसार लागी परेको र नगरपालीकाले स्थानिय पाठ्यक्रम निर्माण प्रकृया शुरु गरि निर्माण कार्य सम्पन्न गर्नका लागी कार्ययोजना समेत बनाएको बताउदै महिलाहरुको अर्थपुर्ण सहभागिता तथा प्रतिनिधित्व प्रतिबद्धता जाहेर गर्नुभयो ।

तलिममा बारबर्दिया नगरपालीकाका बिभिन्न वडा का २० जना महिलाहरको सहभागिता रहेको थियो । ३ दिने तालिमको सहजिकरण प्रशिक्षक सुमित्रा कुमारी भण्डारी, शिवलाल पाण्डे, र शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले गर्नु हुनेछ । भने आजै बाँकेको खजुरा गाउँपालीमा फोकल शिक्षकहरुको लागी शिक्षामा लैगिक रुपान्तरण सम्बन्धि शिक्षण तालिम समेत समापन भएको छ ।

तालिममा सहभागीहरुमा कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागिहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका सुपरभाइजर सिमा वलीले जानकारी दिनुभयो ।

Previous articleकर्मचारी संगठन स्थापना दिवसमा सहयोग हस्तान्तरण
Next article९ हजार दिए स्वाब नै नदिई घरमै नेगेटिभ पिसिआर रिपोर्ट !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here