एक साताका लागि डुडुवाका शैक्षिक संस्था बन्द

डुडुवा । बाँके डुडुवा गाउँपालिकाले भोली विहीबारदेखि एक साताका लागि गाउँपालिका अन्र्तगतका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरेको छ ।

विश्वव्यापी रुपमा तिब्र गतिले फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरले यस पालिका अन्र्तगतका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण भएको र बढदै गएपछि जोखिम न्युनीकरण गर्न शैक्षिक संस्थाहरु बन्द गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बुधबार एक सूचना जारी गरि भोली बुधबारदेखि बैशाख १५ गतेसम्म विद्यालय बन्द रहने जानकारी गराउनुभएको छ । गाउँपालिकाले यस अघि सबै विद्यालयहरुमा सावधानी तथा जोखिम न्युनीकरण गर्न स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।

दैनिक संक्रमणको दर बृद्धि भएपछि सम्पुर्ण नागरिकहरुलाई उच्च सर्तकता अपनाउन गाउँपालिकाले अपिल समेत गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले यो समयमा विशेष गरि घरभन्दा बाहिर ननिस्कने, बढी भिडभाड हुने स्थानमा नजाने, मास्क लगाउने तथा स्वास्थ्य सरसफाईमा ध्यान दिने लगायतका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

Previous articleबाल अधिकार र मानव बेचबिखन बिरुद्ध जनप्रतिनिधिलाई अभिमुखिकरण
Next articleबाँकेमा यौन व्यवसायमा संलग्न ७ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here