
जि गाउँ । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको पालिका स्तरीय बाल अधिकार समिति र मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिलाई दुई दिने सवलीकरण कार्यक्रममार्फत अभिमुखिकरण गरिएको छ । बैजनाथ गाउँपालिकाको समन्वय सहकार्य र प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको आयोजनामा जनप्रतिनिधिहरुका लागि दुई दिने सवलीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमको समापनमा बोल्दै पालिका अध्यक्ष मान बहादुर रुचालले पालिकालाई नै मानव बेचबिखनमुक्त र बाल अधिकार पूर्ण रुपमा प्राप्त भएको पालिकाका रुपमा बिकास गनुपर्ने र त्यसका लागि सबै जनप्रतिनिधि लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
अधिवक्ता सुनिता शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा बाल अधिकार समिति र मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका पदाधिकारी, पालिका अध्यक्ष रुचाल, उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्मा, ८ वटै वठाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
वलीकरण कार्यक्रममार्फत नेपालको संबिधान, बाल अधिकारका बिषयमा बनेका कानून, नीति नियम, मानव बेचबिखन बिरुद्धको ऐन २०६४ जस्ता बिषयहरुमा अभिमुखिकरण गरिएको थियो । मानव बेचबिखन बिरुद्धको परियोजना प्रोटेक्ट अन्तर्गत कार्यक्रम संचालन गरिएको क्लबका सुपरभाईजर आशा गुरुङ्गले जानकारी दिनुभयो ।
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी ज्ञान, सीप तथा बुझाईको बिकास गर्न, स्थानीय सवालहरुको पहिचान गर्दै सहकार्यका क्षेत्रहरु निर्धाण गर्न र बाल संरक्षण तथा सम्बद्र्धनका सवालहरुमा स्थानीय सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमबाट कार्ययोजना समेत निर्माण गरिएको छ ।





