कृत्रिम अभाव र तरकारीको मुल्य बढाउनेलाई कारवाही

नेपालगन्ज । नेपालगन्जमा लकडाउनको बाहानामा तरकारीको मुल्य बढाउने र कृत्रिम अभाव सृजना गर्ने व्यापारीलाई कारबाही गरिएको छ ।

व्यवसायीलाई संयुक्त बजार अनुगमन टोलीले लकडाउनको दोश्रो दिन शुक्रबार बिहान बजार अनुगमन गरि दोसीलाई कारवाही गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर सहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतम लगायतको बजार अनुगमन टोलिले नेपालगन्जको मुख्य तरकारी बजार रानीतलाउ र बिपिचोक क्षेत्रमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा तरकारी लुकाई छिपाई भण्डारण गरि राखेको एक तरकारी पसल र बिल जारि नगर्ने, खरिद बिल नराख्ने र मुल्य सूची अद्यावधिक नगर्ने अर्को तरकारी पसललाइ बीस÷बीस हजार रुपैंया तत्काल जरिवाना गरिएको हो ।

अनुगमनका क्रममा मुल्य वृद्धि नगर्न, कृत्रिम अभाव सृजना नगर्न, मुल्य सूची राख्न र अनुचित व्यावसायिक क्रियाकलाप नगर्न व्यवसायीलाई निर्देशन दिईएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनु भयो ।

Previous articleबाँकेमा काेराेनाले बनाएको अवस्था, सिंगाे नेपाललाई सन्देश
Next articleउदाहरणीय वडा अध्यक्ष बेहना, भेरीलाई दुई सय सिलिण्डर अक्सिजन सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here