जन कल्याण युवा क्लबद्धारा मास्क र साबुन बितरण

नेपालगञ्ज । नेपालगञ्जस्थित जन कल्याण युवा क्लबले नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १९ को सूर्जीगाउँमा मास्क र साबुन बितरण गरेको छ । सुर्जीगाउँमा रहेको सो क्लबका सचिव संजय हरिजनका अनुसार करीब ५ हजार रुपैया बराबरको शनिबार मास्क र साबुन बितरण गरिएको हो ।

विश्वब्यपी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोरोना भईरस (कोभिड –१९) लाई मध्यनजर गर्दै बैशाख ११ गते शनिवार ‘समाजिक दुरी कायम गरौँ, घरमै बसौँ आफु पनि बचौँ, अरुलाई पनि बचौँ, मस्कको प्रयोग गरौँ र साबुन पानीले हात धोवौँ, हात मिलाउने ठाउँमा नमस्कर गर्ने बानी बसालौँ, ‘ लगायत नाराका साथ जनचेतनामूलक प्लेकार्डसहित क्लबका पदाधिकारीहरुले आफ्नै खर्चबाट मास्क र साबुन खरीद गरी सर्जीगाउँको टोलटोलमा क्लबका युवाहरुले मास्क र साबुन बितिरण गरेका छन् ।सुर्जीगाउँको विभिन्न टोलहरुमा बितरण गरी बसपार्क जाने बाटो नजिक रहेको बिश्वनाथ मन्दिरको आसपासमा रहेका स्थानीय वासीहरुलाई पनि मास्क र साबुन बितरण गरिएको क्लबका सचिव हरिजनले बताउनुभयो ।

क्लबद्वारा मास्क र साबुन बितरण कार्यक्रममा समाजसेवी अशोक कुमार गुप्ता, सल्लाहकार राम कुमार जायसवाल, युवा क्लबका अध्यक्ष तीरथराम धोबी, धर्म प्रकाश जायसवाल, उपाध्यक्ष दिपेन्द्र जायसवाल, सह–सचिव गंगनदीप गुप्ता, कोषाध्यक्ष दिलिप जायसवाल, गौतम वर्मा, सदस्य रंजीत कुमार गुप्ता, चन्द्र प्रकाश जायसवाल, कृष्ण कुमार भुजुवा, गौरव जायसवाल, राम कुमार यादव, दिनेश यादव, बेद प्रकाश जायसवाल लगायतले मास्क र साबुन बितरण गर्नुभएको थियो ।

Previous articleउपमहानगरपालिकाले ५० वेडको कोभिड वार्ड सञ्चालन गर्ने
Next articleअर्को सूचना नभएसम्मका लागि त्रिबिका सबै परीक्षा स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here