अर्को सूचना नभएसम्मका लागि त्रिबिका सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा चलिरहेका बेला कोभिड(१९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकाले परीक्षा सञ्चालनमा कठिनाइ भएको त्रिविले जनाएको छ ।

यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो । त्रिविले आइतबारका परीक्षा भने सञ्चालन गरेको थियो ।

Previous articleजन कल्याण युवा क्लबद्धारा मास्क र साबुन बितरण
Next articleबर्दियामा सिमानाकाबाट १ सय २३ जनाको उद्धार तथा परामर्श

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here