बाहिरका विरामी र होम सुबिधा नभएकालाई ह्वाईट हाउसमा राखिने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले होम आईसोलेसनको असुविधा भएका नगरबासी र बाहिरी जिल्लाका कोभिड १९ संक्रमितको सहजताका लागि ह्वाईट हाउसमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

भारतबाट फर्किने क्रममा जमुनाह नाकामा कोभिड पोजिटिभ भएका ब्यक्तिहरुलाई यहि आईसोलेसन सेन्टरमा राख्ने गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुरस्थित ह्वाईट हाउस आईसोलेसन सेन्टरमा बैशाख ४ गतेदेखि हालसम्म ५७ जना संक्रमितले सेवा पाएको आईसोलेसन सेन्टरका स्वास्थ्य फोकल ब्यक्ति सिनियर अहेब गोरखनाथ योगीले जानकारी दिनुभयो ।

शुक्रबार पनि आईसोलेसनमा बाहिरी जिल्लाका २५ जनासहित ४१ जना रहनुभएको छ । यो आईसोलेसनमा २५ महिला र २५ पुरुषलाई राख्न सकिने गरि सइयाको व्यवस्था मिलाइएको छ । कोभिड संक्रमित भएपछि होम आईसोलेसनको सुविधा नभएका नगरबासीले ह्वाईटहाउस आईसोलेसनबाट सेवा लिईरहेका छन् ।

यो सेन्टरमा सामान्य अवस्थाका कोभिड संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा राखिएको उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

लक्षण सहितका विरामीलाई राख्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सययाको अक्सिजन सहितको आईसोलेसन सेन्टर शुक्रबार दिउसोदेखि सञ्चालन गर्दै छ ।

Previous articleनरैनापुरको कटकुईयाँ गाउँमा आगलागी, आधा दर्जन घर नष्ट
Next articleभेरी अस्पताललाई १५ थान पिपिई प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here