
नेपालगञ्ज । थारु कल्याणकारिणी सभा बाँकेले भेरी अस्पताललाई शुक्रबार १५ थान पिपिई हस्तान्तरण गरेको छ । थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले भेरी अस्पतालका प्रमुख डा.प्रकाश बहादुर थापा र अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल मार्फत अस्पताललाई पिपिई हस्तान्तरण गर्नुभएको हो ।
कोरोनाको बिरामीले भरीभराउ भेरी अस्पतालमा उपचारका लागि खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई सहयोग गरिएको अध्यक्ष थारुले बताउनुभयो । भेरी अस्पतालका प्रमुख डा.थापाका अनुसार अहिले भेरी अस्पतालमा दैनिक दुई सय पिपिई अवाश्यक परिरहेको छ ।
अस्पतालमा खटिने डाक्टरदेखि कार्यालय सहयोगी सम्मलाई पिपिई अवाश्यक पर्ने भएकाले पिपिईको अभाव हुँदै आएको छ । यस्तै भेरी अस्पतालमा क्षमता भन्दा बढी कोरोनाका बिरामी भएकाले सबै उपचार समाग्रीको अभाव देखिएको छ ।
भेरीको उपचारमा सघाउ पुर्याउनका लागि अस्पतालले सबैलाई सर्बजनिक रुपमा अपिल समेत गरेको छ । सो कुराको मनन् गर्दै थारु कल्याणकारिणी सभा बाँकेले पिपिई सहयोग गरेको हो ।
अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार भेरीमा एक सय ४२ बेडको कोरोना आइसोलेसन रहेपनि शुक्रबार सम्म २ सय ४४ जना कोरोनाका बिरामी भर्ना छन् ।
जसले गर्दा उपचारका लागि सबै समाग्रीको अवाश्यक परिरहेको छ । भेरीमा क्षमता भन्दा बढि बिरामी आउँदा अहिले अन्य वार्डमा पनि बिरामीहरु राखेर उपचार गर्नु परेको अस्पताल प्रमुख डाक्टर थापाले बताउनुभयो ।
पिपिई हस्तारन्तरणमा अस्पताल बिकास समितिका सदस्यद्धय कृष्ण प्रसाद श्रेष्ठ, धनराम वली, थारु कल्याणकारिणी सभा नगर सभा नेपालगञ्जका अध्यक्ष बासमति थारु, सचिव सम्भु थारु लगायतको उपस्थिति थियो ।





