
अरशद शेष राई, साउदी अरेबिया । लामो समयदेखि आफ्नो भाइरसको आतंकले बिश्वभरी आफूलाई चिनाइ सकेका कोभिड -१९ संक्रमणको महामारी कैयौ देशमा बढ्दै गरेपछि साउदी अरेबियामा पनि त्यसको संक्रमण दैनिक एक हजारको हाराहारीमा रहेको र नेपालीहरू समेत संक्रमित भएपछि नेपाली राजदूतावास रियादले कोभिड – १९ सम्बन्धि स्वास्थ्य निर्देशिका तथा मापदण्ड सम्बन्धि जरुरी
सूचना प्रकाशित गरेको छ ।
नेपाली राजदूतावास रियादले प्रकाशित गरेको सूचनामा भनिएको छकि पछिल्लो संक्रमण पहिलेको भन्दा अझ बढी
घातक र आक्रामक एवंम संक्रमण भएको छोटो समयमा नै ज्यानै लिनसक्ने खालको भएकोले यस घातक भाइरसबाट आफू पनि बचाऔ र आफ्नो सम्पर्कमा आउने ब्यक्ति संक्रमित हुनबाट बचाउन हुन अनुरोध गरेका हुन ।
साउदी अरेबिया सरकारले कोभिड – १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य निर्देशिका तथा मापदण्डको पूर्ण पालन गर्न गराउन दूतावासले बिशेष अनुरोध गरेको हो । साथै अनावश्यक बाहिर हिंलडुल नगर्न, भिड्भाडमा नजान, कुनै काम परे आफू बस्ने ठाउँबाट जानै पर्ने भएमा अनिवार्यरूपमा मास्क लगाउ, भौतिक दुरी कायम गर्न र बाहिर गएर आएपछि राम्ररी साबुन पानीले हात धुन र स्यानिटाइजर प्रयोग गर्न हुन सबैमा दूतावासले अनुरोध गरेको छ ।
कोरोनाको खोप लगाउन बाँकी रहेकाहरूले उपलब्ध भएसम्म यथाशीघ्र खोप लगाउन हुन समेत नेपाली राजदूतावास रियादको बिज्ञप्तीमा उल्लेख छ ।
साउदी अरेबियाले बुधबार १२ जना नयाँ कोभिड – १९ महामारीको संक्रमणबाट मृत्यु भएको रेकर्ड गरेको छ, जसमा कुल मृतकको संख्या ७ हजार १८ पुगेको छ । साउदी स्वास्थ्य मन्त्रालयले अघिल्लो २ घण्टामा एक हजार १६ जना नयाँ कोरोना संक्रमितको पुष्टि गरेको छ, जसमा कुल संक्रमितको संख्या ४ लाख २२ हजार ३ सय १६ जना पुगेको जनाएको छ ।
कोभिड – १९ महामारीको संक्रमितको कुल संख्यामध्ये ९ हजार ६ सय ९१ जना सक्रिय रहेका छन जबकि १ हजार ३ सय ४६ जना गम्भीर अवस्थामा रहेको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।
साउदी मन्त्रालयका अनुसार सबैभन्दा बढी राजधानी रियादमा ३ सय ७३ जना, मक्का २ सय ७९ जना, पूर्वी प्रान्तमा १ सय २५ जना, मदिना ५२ जना र असिरले ४४ जना नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ । साथै मन्त्रालयले घोषणा गरेको छकि ९ सय जना कोभिड -१९ संक्रमणका बिरामीहरु उपचारपछि पुन: निको भैइ घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयले यो खोप प्राप्त गर्नका लागि रेजिष्टर गर्न आम जनतालाई आह्वान गरेको छ र उपायहरूको पालना गर्नुहोस् र निर्देशनहरूको पालना गर्नुहोस् भनिएको छ ।
स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छकि राज्यमा प्रयोग भ्याक्सिनहरू सुरक्षित र प्रभावकारी छन्, र तिनीहरू सक्षम अधिकारीहरूबाट उच्च आवश्यकताको अधीनमा छन् र उच्च सुरक्षा मापदण्डहरू अपनाउँछन् ।
कोरोना भाइरस महामारीले विश्वव्यापी १ सय ५५ करोड people० लाख भन्दा बढी मानिसहरूलाई असर गरेको छ र मृत्यु हुनेहरूको संख्या ३.२४ मिलियन पुगेको छ ।





