सुरक्षा प्रमुखहरुद्धारा स्थलगत अनुगमन

नेपालगञ्ज । बाँकेका सुरक्षा समितिका अधिकारीहरुले नाका लगायत स्थानहरुको स्थलगत अनुगमन गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक ओम बहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, राष्टिय अनुसन्धान निर्देशक नरेन्द्र गिरीले संयुक्त रुपमा अनुगमन गर्नुभएको हो ।

उहाँहरुले जिल्लाको नेपालगंजमा पर्ने जमुनाहा नाकाको अवलोकन गर्नुभएको छ । साथै भारतबाट नेपालतर्फ आउने मानिसहरुलाई मास्क बितरण गर्नुभएको छ ।

त्यस्तै होल्डिङ सेन्टर तथा नेपालगंजको भेरी अस्पातालमा निर्माण हुन लागेको अक्सिजन स्टोरेज ट्याङकको स्थलगत रुपमा अनुगमन तथा अस्पताल प्रमुखसंग आवश्यक छलफल समेत गर्नुभएको छ ।

Previous articleपछिल्लो संक्रमण पहिलेको भन्दा घातक, छोटो समयमा नै ज्यानै लिनसक्ने : नेपाली राजदूतावास रियाद
Next articleआइसोलेशन संचालनका लागि स्वास्थ्य सामाग्री सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here