आइसोलेशन संचालनका लागि स्वास्थ्य सामाग्री सहयोग

डुडुवा । डुडुवा गाउँपालिकाले निमार्ण गरेको आइसोलेशन वार्ड व्यवस्थापनका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आइसोलेशन वार्डमा कोभिड संक्रमणका विरामीलाई उपचार सेवामा सहजताका लागि बिहीबार स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

विजुलीका लागि १० वटा सोलार लाइट सेट, ३ वटा औषधी स्प्रे मेसिन र २ थान अस्थायी शौचालयका लागि प्यान आज बिहीबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले हस्तान्तरण गर्नुभयो । समाग्री बुझ्दै पालिका अध्यक्ष चौधरीले गाउँपालिकाले निमार्ण गरेको आइसोलेशन वार्डका विरामीलाई सेवा प्रदान गर्नमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

पालिकामा सञ्चालित आपतकालिन प्रतिकार्यका लागि पुर्व तयारी कार्यक्रम अन्र्तगत आइसोलेशनका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

डुडुवा गाउँपालिकामा अहिलेसम्म ७८ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । त्यसमध्ये २ जनाको आइसोलेशन वार्डमा उपचार भइरहेको छ भने ७६ जना होम आइसोलेशनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार होम आइसोलेशनमा बस्ने विरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ, भने उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्स मार्फत भेरी अस्पताल रिफर गर्ने गरिएको छ ।

Previous articleसुरक्षा प्रमुखहरुद्धारा स्थलगत अनुगमन
Next articleके मास्क धोएर लाउन मिल्छ ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइरहे हुन्छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here