
बिमल प्रसाद पोखरेल, प्यूठान । बिश्वभर महामारिका रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहर हाल प्युठान जिल्लामा पनि ब्यापक रुममा फैलिएको हुदा जनतालाई सजक बनाउन वडाले कडाई गर्ने भएको छ ।
झिमरुक गाउँपालिकामा कोभिड संक्रमित केही ब्याक्तिले ज्यान गुमाएपछि तीन जिल्लाको संगम झिमरुक १ को सौतामारे नाकाबाट अत्यावश्यक बाहेक आवत जावत गर्ने ,सभा, ममारोह, बैठक बस्न बन्द गर्ने, बिबाहमा भोज भतेर बन्द गर्ने, होटल तथा रेष्टुरेन्ट पुर्णरुपमा बन्द गर्ने गर्ने निर्णय गरेको छ ।
यस्तै खाधन्न पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र साँ झ ५ बजे देखि ६ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । त्यस्ते एक जिल्लाबाट अर्को जिल्ला अनावश्यक आवत जावत बन्द गर्ने, खाधन्न पसलमा अनिवार्य सामाजिक दुरि कायम गर्नुपर्नुे, माक्स सेनिटाईजर प्रयोग गर्ने, लघुबित्त तथा बित्तिय संस्थाको बैठक बन्द गर्ने, बजार तथा गाउँघरमा हिडडुल गर्नुपरेमा माक्स लगाउने, भारत तथा तेर्सो मुलुकबाट आउने अनिबार्य १३ दिनसम्म होम क्वारेन्टाइनमा परिवारका सदस्यहरुसंग घुलमिल नगरि बस्ने, होम क्वारेन्टाइनमा बसेकाहरुले अनिवार्य रुपमा शौचालय, भाडा बर्तन, लत्ता कपडा अलग अलग प्रयोग गर्ने निर्णय गरेको छ।
आज वडा कार्यालय कम्पाउन्डमा सामाजिक दुरि कायम गर्दै वडा अध्यक्ष धुर्ब खनालको अध्यक्षमा बसेको सर्बदलिय बैठकमा नेकपा एमालेका वडा अध्यक्ष निमबहादुर सुनार, राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष दिपक केशि, नेकपा माओबादी केन्द्रका सचिब दामोदर रेग्मी , नेपाली काङ्ग्रेसका वडा प्रतिनिधि रत्नबहादुर केसी, स्वास्थ्य कार्यालय झिमरुक एक का प्रमुख जान बहादुर पुन, बिधालयका प्रतिनिधि दानबहादुर जि सि, वडा सदस्यहरु, लगायत स्थानिय बुद्धिजिबिहरुको उपस्थितमा बैठक बसि यस्तो निर्णय गरेको हो ।
वडाले गरेको निर्यणको अबज्ञा गरेमा कोभिड १९ बमोजिमको कारवाही गर्न सम्बन्धित निकायमा जानकारी गराउने निर्णय पनि गरेको छ ।





